याडिया नेपालको एक्सचेन्ज अफर



काठमाडौं । कुजु नेपाल प्रालि नेपालका लागि याडिया ब्रान्डको ई–स्कुटरको आधिकारिक वितरकले ३० हजार रुपैयाँ नगद छुटसहित ‘याडिया एक्सचेन्ज मेला’ घोषणा गरेको छ। विद्युतीय २ पाङ्ग्रे सवारीसाधनको अग्र स्थानमा रहेको ब्रान्ड याडियाले यो अफर याडिया इलेक्ट्रिक स्कुटरका सबै मोडलमा छोटो अवधिका लागि मान्य हुने गरी ल्याएको हो।

यस अफरअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइक/स्कुटर ल्याएर आकर्षक ३० हजार रुपैयाँ नगद छुट, ६ दशमलव ९९ प्रतिशत ब्याजका साथ सजिलो ईएमआई र १ वर्षको रोड ट्याक्ससहितको नयाँ याडिया इलेक्ट्रिक स्कुटर लिन सक्नेछन्। यो अफर एक्सचेन्ज नगरी याडिया इलेक्ट्रिक स्कुटरको खरिदमा पनि लागू हुनेछ।

प्रतिक्रिया दिनुहोस्