लुम्बिनीका नवनियुक्त मन्त्रीहरुको शपथ अवरुद्ध



दाङ । हावाहुरीले मञ्चको छाना उडाएपछि लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथ समारोह अवरुद्ध भएको छ । आइतबार दिउँसो १ बजेका लागि तय भएको शपथ समारोह ३ बजेसम्म सुरु हुन सकेन ।

दाङको राप्ती गाउँपालिका मौरीघाटस्थित प्रदेशसभा भवन परिसरमा शपथ समारोह आयोजनाका लागि अस्थायी मञ्च बनाइएको थियो । तर हावाहुरीले छाना उडाएपछि शपथ समारोह नै दिउँसो ३ बजेका लागि सारिएको थियो ।

हावाहुरीले उडाएपछि शपथ समारोहस्थल प्रदेशसभा भवनकै अर्को छेउमा मञ्च बनाइएको छ । तर त्यहाँ साउण्ड सिस्टम जडान गर्न नसकेपछि शपथ समारोह सञ्चालन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्