छिमेकीकाे कुटपिटबाट एक महिला गम्भिर घाइते



कपिलवस्तु: छिमेकीको कुटाईबाट महाराजगञ्ज नगरपालिका वडा नम्बर ८ की ३५ वर्षीय मुन्नुदेवी कहार गंभीर घाईते भएकी छिन्।

 

सिंचाईका विषयमा विवाद हुँदा छिमेकीको निर्घात कुटाइबाट कहार गम्भीर घाइते भएकी हुन्। छिमेकी झकुरी भन्ने राजेश कहार र उनका बुवा चिन्कु कहारले मुन्नुदेवीलाई कुटपीट गरेका थिए। 

 

मुन्नुको पेट र तिघ्रामा चोट लागेको प्रहरीले जानकारी दिएको छ। राजेशको मोटरसाईलले पाईप पम्पसेटको पाइप फुटाएपछि भनाभन हुँदा विवाद भएको मुन्नुका श्रीमान् बेचनले बताए।

 

घाईते मुन्नुदेवीको तौलिहवा अस्पतालमा उपचार भईरहेको छ।प्रहरीले गरेको घटनाको अनुसन्धान भईरहेको जानकारी दिएको छ। 

प्रतिक्रिया दिनुहोस्