दाङमा चितुवाको आक्रमणबाट एउटै खोरका १७ बाख्रा मरे



दाङ । दाङको देउखुरीमा चितुवाको आक्रमणबाट १७ बाख्रा मरेका छन् । लमही नगरपालिका-१ का वसन्तराज अधिकारीले पालेका १९ वटा बाख्रामध्ये १७ बाख्रा चितुवाले मारिदिएको हो । बाख्रा बाँधेर राखेको खोरभित्रै पसेर चितुवाले बाख्रामाथि आक्रमण गरेको हो ।

आफूले व्यावसायिक रुपमा पालेका बाख्रा मर्दा दुई लाख रुपैयाँ भन्दा बढी क्षति भएको पिडित किसान अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्