लुम्बिनी प्रदेशले आज आफ्नो स्थापना दिवस मनाउँदै



दाङ । लुम्बिनी प्रदेशले आज आफ्नो स्थापना दिवस मनाउँदै छ। स्थापना दिवसका अवसरमा प्रदेशमा सार्वजनिक बिदासमेत दिइएको छ। ५ वर्षअघि आजकै दिन पहिलोपटक प्रदेश सरकार गठन भएको सम्झनामा स्थापना दिवस मनाउने गरिएको हो।

२०७४ फागुन ३ गते शंकर पोखरेलले मुख्यमन्त्रीको शपथ खाई सरकार गठन गरेका थिए। झण्डै साढे ३ वर्ष पोखरेल लुम्बिनीको मुख्यमन्त्री रहे। अघिल्लो संसदीय कार्याकालको बाँकी समय कुलप्रसाद केशी मुख्यमन्त्री बनेका थिए।

२०७९ सालको चुनावपछि लीला गिरिले प्रदेश सरकारको नेतृत्व गरेका छन्। स्थापना दिवसका अवसरमा विभिन्न व्यक्तिलाई सम्मान तथा विभूषण प्रदान गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्