कांग्रेस सांसद भण्डारीको मुम्बईमा उपचार सुरु, आज २ शल्यक्रिया हुने



काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीको आज शल्यक्रिया हुने भएको छ। बुधबार राति ग्याँस लिक भएका कारण दुर्घटनामा परेका सांसद अधिकारीको आज बिहान १० बजे र २ बजे मुम्बई अस्पतालमा शल्यक्रिया हुन लागेको हो।

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीका अनुसार शुक्रबार बिहान १० बजे र दिउँसो २ बजे भण्डारीको शल्यक्रिया हुनेछ। बम्बईस्थित नेपाली अगुवा व्यक्तित्व शालिग्राम तिवारीका अनुसार वरिष्ठ चिकित्सकहरूको टिमले चन्द्र भण्डारीको स्वास्थ्य उपचार सुरु गरेको उनले जानकारी दिएका छन् । उनका अनुसार उनीहरूसँगै रहेका कांग्रेस नेता योगराज कँडेल र माधव न्यौपानेले दिएको जानकारी अनुसार भण्डारीको अवस्था स्थिर रहेको चिकित्सकले बताएका छन्।

शुक्रबार राती ग्याँस सिलिन्डर लिक भए पछि निभाउन जाँदा एक्कासि लागेको आगोमा परी सांसद भण्डारी र उनको आमा गम्भीर घाइते भएका थिए । सिभिल अस्पताल हुँदै कीर्तिपुरस्थित अस्पतालमा पुर्याईएका सांसद भण्डारीको नेपालमा उपचार सम्भव नहुने भनिए पछि एअर एम्बुलेन्समार्फत थप उपचारका लागि हिजो मुम्बई लगिएको थियो । सांसद भण्डारीकी आमाको भनाई हिजै कीर्तिपुर अस्पतालमा मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्