स्कटल्याण्डविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ को त्रिदेशीय सिरिज अन्तर्गत नेपालले स्कटल्याण्डविरुद्ध पहिले फिल्डिङ गर्दैछ। कीर्तिपुरस्थित टीयु मैदानमा नेपालले टस जितेर फिल्डिङ रोज्दै स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएको हो।

स्कटल्याण्डले सुरुआतमा ब्याटिङ गर्नेछ । नेपाली टोलीमा एक परिवर्तन भएको छ। नेपालको अघिल्लो खेलमा टिममा रहेका ललित नारायण राजवंशीको स्थानमा गुल्सन झाले स्थान बनाएका छन्। एकदिवसीय अन्तर्राष्ट्रियमा स्कटल्याण्डविरुद्ध नेपालले पहिलो पटक घरेलु भुमिमा खेल्न लागेको हो ।

पहिलो खेलमा नामिबियालाई पराजित गरेका दुवै टोली आज दोस्रो जितको खोजीमा रहेका छन्। स्कटल्याण्डसँग पहिलो पटक घरेलु भुमीमा खेल्दै गरेको नेपाल जित निकाल्न चाहन्छ। स्कटल्याण्डविरुद्ध नेपालले एकदिवसीय अन्तराष्ट्रियमा चार खेल खेलेकोमा १ मा मात्र जित हात पारेको छ।

सिरिजमा नेपाल २५ खेलमा २० अंक जोडेर छैटौं स्थानमा रहेको छ। स्कटल्याण्ड ३३ खेलमा २३ मा जित र ८ मा हारका साथ ४८ अंकका साथ तीन खेल आगावै विश्वकप लिग टूको च्याम्पियन भईसकेको छ।

प्रतिक्रिया दिनुहोस्