स्कटल्याण्डविरूद्ध नेपाललाई सातौं सफलता, दीपेन्द्र सिंह ऐरीले लिए विकेट



काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत स्कटल्यान्डविरुद्ध उत्कृष्ट बलिङ प्रदर्शन गरिरहेको छ। त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरिरहेको स्कटल्यान्डले ४१ ओभरमा ७ विकेट गुमाउँदै १ सय २०१ रन बनाएको छ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सातौं सफलता दिलाए। उनले डेब्यु खेलिरहेका ज्याक जार्भिसलाई २६ रनमा आउट गरे। उनले माइकल लिस्कसँग ८१ रनको साझेदारी गरेका थिए। यसअघि ओपनर एवं कप्तान रिची बेरिंग्टन र क्रिसटोफेर म्याकबड्रीले पहिलो विकेटका लागि ७.४ ओभरमा ३४ रनको साझेदारी गरेका थिए।

त्यसपछि विकेट गुमाएको स्कटल्याण्डले नेपाली बलरसामू खुलेर खेल्न सकेनन्। नेपालका लागि सन्दीप लामिछानेले ३, कुशल मल्लले २ तथा कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट हात पारिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्