कतारी रियलसहित काठमाडौंबाट टर्किस् नागरिक पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लाखभन्दा बढी कतारी रियल दिल्ली लैजान खोज्ने एक टर्किस् नागरिक पक्राउ परेका छन्। भारतको दिललीतर्फ लैजान लागेको रु एक लाख २६ हजार ३ सय कतारी रियलसहित टर्किस् नागरिक २९ वर्षीय हिड्ली क्यानलाई पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता हिमालयकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार एयर इन्डियाको उडानद्वारा दिल्ली जान लागेका उनलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेको हो। उक्त घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्