स्कटल्यान्डविरुद्ध टस जितेर फिल्डिङ गर्दै नामिबिया



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय सिरिज अन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नामिबियाले टस जितेर फिल्डिङ रोजेको छ। नामिबियाका कप्तान जेरार्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा स्कटल्याण्ड अहिले ब्याटिङ गरिरहेको छ। ५ ओभरको खेल सकिदाँ स्कटल्याण्डले २० रन जोडेर १ विकेट गुमाएको छ। नेपाल भ्रमणमा नाबिमियाको यो अन्तिम खेलमा पहिलो जितको खोजीमा छ।

पहिलो खेलमा नामिबिया नेपालसँग दुई विकेटले पराजित भएको थियो। दोस्रो खेलमा स्कटल्यान्डसँग १० विकेटले हारेको थियो। नाबिमिया नेपालविरुद्धको दोस्रो खेलमा पनि तीन विकेट पराजित भएको थियो। स्कटल्यान्ड भने नेपालमा नामिबियाविरुद्ध दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्