जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै



काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल आज पनि केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ। बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा सुरु हुनेछ। आजको बैठकमा राष्ट्रपति लगायतका पछिल्ला राजनीतिक घटनाक्रम बारे छलफल हुने बताइएको छ।

आइतबार बसेको बैठकमा पनि राष्ट्रपति/उपराष्ट्रपति र पार्टीको विधान महाधिवेशनको तयारीका बारेमा छलफल भएको थियो। बैठकमा सहभागी एक नेताका अनुसार जसपा पनि राष्ट्रिय सहमतिमा नै राष्ट्रपति बनोस् भने पक्षमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्