पूर्वी चितवनमा गैँडाको आक्रमणबाट १ जनाको मृत्यु



चितवन । पूर्वी चितवनमा गैँडाको आक्रमणबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं ९ का ६० वर्षीय चन्द्रबहादुर तामाङ छन् । चितवन राष्ट्रिय निकुञ्जका अनुसार आज बिहान बाटोमा हिँड्ने क्रममा रत्ननगर–९ लालपर्सा नजिक उनलाई गैँडाले आक्रमण गरेको हो ।

बिहान ६ बजेको समयमा तामाङ मृतावस्थामा भेटिएको र घटनाको प्रकृति एवं चोट हेर्दा गैँडाको आक्रमण गरेको देखिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताएका छन् ।

चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट जिल्लामा ५ जनालेको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा बाघको आक्रमणबाट १ , हात्तीको आक्रमणबाट १ र गैँडाको आक्रमणबाट ३ जना रहेको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्