रुकुम पूर्वमा ६ नाल बन्दुक फेला



रुकुम पूर्व । रुकुम पूर्वमा ६ नाल भरुवा बन्दुक फेला परेको छ । सोमबार हिजो जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ३ को तुङबाङ खोलाको जङ्गलमा ६ नाल भरुवा बन्दुक फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) अञ्जना श्रेष्ठका अनुसार जङ्गलमा लुकाएर राखेको सूचनाको आधारमा खोजतलास गर्दा बन्दुक भेटिएको हो । भेटिएका बन्दुक जिल्ला प्रहरी कार्यालयमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले छ ।

प्रतिक्रिया दिनुहोस्