पाथीभरा याङवरक गाउँपालिकाले बनाइदियो विपन्नलाई घर



ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले पालिकाका तीन विपन्न परिवारलाई घर बनाइदिएको छ । पाथीभरा १ नाङ्खोल्याङका मदनकुमार कामी, वडा नम्बर ५ चाक्सिबोटेका मनबहादुर राई र वडा नम्बर ३ तिरिङ्गेका बिर्खबहादुर लिम्बुका परिवारलाई घर निर्माण गरिदिएको गाउँपालिका अध्यक्ष केशर मेन्याङबोले बताएका छन् ।

यस्तै चाक्सिबोटेकै कमला सेनेहाङका लागि घर निर्माणको काम भइरहेको उनले जानकारी दिएका छन् । १ परिवारको घर निर्माणका लागि अवस्था र सामान ढुवानीलाई हेरेर २ देखि ४ लाख रुपैयाँसम्म खर्च भएको अध्यक्ष मेन्याङ्बोले बताए । अर्थिक अवस्था अति नै कमजोर भएका अरू परिवारको पहिचान गरी बस्ने घरको व्यवस्था गरिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्