७ दिनभित्र हाजिर हुन प्रहरी कार्यालयको कर्मचारीलाई सूचना



काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यलयले सम्पर्कमा नरहेका कर्मचारीलाई सात दिनभित्र हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ। पछिल्लो समय सम्पर्कबिहीन रहेका ९ जना प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन सो कार्यालयले आज बुधबार सूचना जारी गरेको हो।

गत कात्तिकदेखि जानकारीबिना हाजिर नभएका नौ जना कर्मचारीका नाममा सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले ७ दिभित्र सम्पर्कमा आउन भनिएको छ। सन्तोषजनक स्पष्टीकरणसहित हाजिर नभए सेवाबाट हटाइने नेपाल प्रहरीले चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्