प्रदीप र साम्राज्ञी एउटै फिल्ममा



काठमाडौं : अहिलेका चर्चित अभिनेता प्रदीप खड्का र साम्रज्ञी राज्यलक्ष्मी शाहलाई एउटै फिल्ममा हेर्न पाइने भएको छ । उनीहरु शुक्रबार हेमराज बिसीको निर्देशनमा निर्माण हुने नाम तय भइनसकेको फिल्ममा अनुबन्धित भएका हुन् । 

आगामी जेठमा सुटिङ थालिने फिल्मको प्रस्तुत कर्ता गोविन्द शाही छन् । ह्याप्पी प्लानेट र काफिया फिल्म्सको संयुक्त निर्माणमा बन्ने फिल्म फ्रान्स, इटली, स्विजरल्यान्ड, बेल्जियमलगायत देशमा खिचिने बताइएको छ । 

प्रेम कथानक फिल्मको निर्मातामा दीपक खतिवडा, रेणु राणा, रुपक थापा, अमनकुमार भण्डारी, काफिया शाही र कविरविक्रम शाही छन् । प्रस्तुत कर्ता वितरक गोविन्दले यो फिल्मको बजेट चार करोडभन्दा माथि हुने बताएका छन् । आजको नयाँ पत्रिकामा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्