हिंसा दिवसलाई राष्ट्रिय दिवस मान्ने सरकारको निर्णय दु:खद : अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिने सरकारको निर्णयप्रति दुख व्यक्त गरेका छन् । हिंसा दिवसलाई राष्ट्रिय दिवस बनाउने सरकारको निर्णय सही नभएको उनले बताए ।

आज आफ्नो जन्मदिनका अवसरमा निजी निवास बालकोटमा आयोजित कार्यक्रममा ओलीले सो टिप्पणी गरेका हुन् । उनले केही मान्छेहरुमा अझै पनि हिंसाको धङधङी रहेको बताए । ‘हाम्रो देशमा हिंसा टुंगिएको थियो । तर हिंसाको धङ्धङी अझै पनि छ जस्तो देखिन्छ केही मान्छेका क्रियाकलाप र व्यवहारमा,’ ओलीले भने । हिंसाको मानसिकता र हिंसाप्रति गर्वगर्ने प्रवित्तिप्रति उनले चिन्ता व्यक्त गरेका छन् ।

‘अहिलेकै सरकारले पनि हिंसा दिवसलार्ई राष्ट्रिय दिवस मनाउने दुखद निर्णय गर्यो र फेरि फेरि फेरि सार्वजनिक विदा दिन सरकारको क्यालेन्डरमा नै यसलाई राख्ने काम भयो । सरकारले आकश्मिकरुपमा त्यो किन गनुपरेको हो ? आफैंले हिंसा छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि त्यसको महिनामण्डन गर्नुपर्यो ? मैले पनि बुझेको छैन । यसले सम्झिसम्झिकन हिंसाप्रतिको पुरानो लगाव सम्झिएजस्तो मात्र लाग्छ ।’

ओलीले नेपाल हिंसाको पक्षमा हुन नसक्ने र परस्परमा लड्ने–लडाउने कुरा स्वीकार्न नसकिने बताए ।

प्रतिक्रिया दिनुहोस्