हात्तीको आक्रमणबाट मकवानपुरमा १ जनाको मृत्यु



मकवानपुर । मकवानपुरमा जङ्गली हात्तीको आक्रमणबाट गएराति १ जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट बकैया गाउँपालिका–५ पावसका ५० वर्षीय जनकलाल माझीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम श्रेष्ठका अनुसार गएराति ९ बजे घर नजिकै बाख्राखोरमा जाँदै गरेका माझीलाई हात्तीले आक्रमण गरेको हो । गम्भीर घाइते उनको हेटौँडा अस्पतालमा उपचारका क्रममा राति नै निधन भएको श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्