सन्दीप लामिछानेको रिटमा सुनुवाइ सुरु



काठमाडौं । क्रिकेट खेल्न यूएई जान पाउनुपर्ने मागसहित सन्दीप लामिछाने दिएको रिट निवेदनमा सुनुवाइ सुरु भएको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा रिट अन्तिममा पेसी तोकिएको थियो।

खतिवडाको इजलासमा आज १५ वटा रिट छन्। ती मध्ये १४ वटाको सुनुवाई सकिएपछि सन्दीपको रिटमा सुनुवाइ सुरु भएको हो। उच्च अदालत पाटनले सन्दीपलाई विदेश जान प्रतिबन्ध लगाएपछि बिहीबार निवेदन दिएका थिए। उनले उच्च अदालतले लगाएको प्रतिबन्ध हटाएर विदेश जान दिन माग गरेको छन्।

प्रतिक्रिया दिनुहोस्