सलमानको कोठामा क्याट्रिना



सलमान खान र क्याट्रिना कैफ एकसमय निकै निकट थिए । उनीहरु अफेयरमा रहेको समेत खबर आउँथ्यो । सलमानले क्याट्रिनालाई फिल्म दिलाइदिनेससमेत गरेका थिए । 

जब क्याट्रिना रणवीर कपुरको प्रेममा परिन्, त्यसपछि उनीहरुबीच फोटो आएको थियो । रणवीरसँग ब्रेकअप भएपछि क्याट्रिना अहिले फेरि सलमानसँग नजिकिएकी छिन् । 

सलमान र क्याट्रिना पछिल्लो समय टाइगर जिन्दा है फिल्ममा सँगै देखिएका थिए । अहिले उनीहरु भारत फिल्मको सुटिङमा छन् । माल्टामा भारतको सुटिङका क्रममा क्याट्रिना प्रायः सलमानको कोठामा बस्ने गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । 

सलमान र क्याट्रिना सँगै बस्दा कसैले पनि उनीहरुलाई डिस्टर्ब गर्न पाउँदैनथ्यो । टाइगर जिन्दा है पछि प्रायः सँगै देखिँदै आएका क्याट्रिना र सलमानबीच अहिले फेरि प्रेम झाँगिएको बताइन्छ । 

यद्यपि, सलमान लुलिया वान्तुरसँग रिलेसनसिपमा छन् । तर, उनी क्याट्रिनालाई पनि छाड्न पनि सक्दैनन् । सलमान क्याट्रिनाप्रति यति धेरै क्रेजी छन् कि, उनले भारतको सुटिङ सेटमा युलियालाई प्रवेश गर्नसमेत रोक लगाएको बताइन्छ । 

क्याट्रिनासँगको निकटताका कारण सलमान र लुलियाबीच वेलावेलामा झगडा पर्ने गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । आजको नयाँ पत्रिकामा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्