आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले घटेको छ । तोलामा आज सुन १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

हिजो सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्