सरकारले ७ महिनामा बाँड्यो साढे ५ करोड सहायता



काठमाडौं । चालु आर्थिक वर्ष २०७९र८० को ७ महिनामा सरकारले साढे ५ करोड रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ । जसमा पूर्वराष्ट्रपति रामवरण यादवलाई २५ लाख औषधि उपचार खर्च प्रदान गरिएको छ ।

सरकारले ३ कात्तिकको मन्त्रिपरिषद् बैठकबाट पूर्वराष्ट्रपति यादवलाई २५ लाख रुपैयाँ आर्थिक सहायता दिएको थियो । यस सहायता भित्र प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को मतदानका क्रममा मृत्यु भएका २ जनाको परिवारलाई सरकारले दिएको १०र१० लाख रुपयाँ क्षतिपूर्ति समेत समावेश छ।

सरकारले साउनमा ९३ लाख, भदौमा १ करोड ४१ लाख ७७ हजार र असोजमा २५ लाख रुपैयाँ आर्थिक सहायता बाँडेको छ । कात्तिकमा ४४ लाख, मंसिरमा १ करोड ३० लाख ८४ हजार, पुसमा ८८ लाख ७२ हजार र माघमा २४ लाख रुपैयाँ आर्थिक सहायता बाँडेको अर्थ मन्त्रालयले जनाएको छ ।

सरकारले यसबीचमा भुटानी मानवाधिकारवादी नेता टेकनाथ रिजाललाई समेत आर्थिक सहायता दिएको छ । प्रकृति, संस्कृति, सामाजिकता संरक्षण समूहको अक्षयकोष वृद्धि गर्न समेत सरकारले सहायता प्रदान गरेको छ

प्रतिक्रिया दिनुहोस्