जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशित गरिने



काठमाडौं । सरकारले जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशित गर्नेभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सहिदको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हो।

त्यससम्बन्धी विस्तृत विवरण मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजना हुने नियमित पत्रकार सम्मेलन सार्वजनिक गरिने सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिए। नेपालमा भएको १० वर्षे जनयुद्ध र २०६२/६३ सालको जनआन्दोलनमा शाहदात प्राप्त गरेका सहिदको विवरणलाई सरकारले राजपत्रमा प्रकाशित गर्ने भएको हो।

आजको मन्त्रिपरिषद्ले सार्वजनिक बिदाको दिन कुन-कुन सरकारी कार्यालय खोल्ने भन्नेबारेमा पनि निर्णय गरेको छ। शुक्रबारको मन्त्रिपरिषद्ले गहुँको समर्थन मूल्य प्रतिक्वीन्टल रु तीन हजार तीन सय ५१ तोक्ने, चालु आव २०७९/८० का लागि उक्त मूल्य निर्धारण गर्ने र सरकारले सङ्घीय संसद् सचिवालयमा दर्ता भई हाल राष्ट्रियसभामा विचाराधीन रहेको प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ लाई फिर्ता लिन स्वीकृति दिने लगायतका निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्