चितवन २ मा हुने उपनिर्वाचनमा १८ दलले भाग लिने



चितवन । वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि १८ वटा राजनीतिक दलहरू दर्ता भएका छन्। रवि लामिछानेलाई सर्वोच्च अदालतले अनागरिक ठहर गर्दै सांसद र मन्त्री पदबाट मुक्त गरिदिएपछि उक्त स्थान रिक्त भएसँगै उपनिर्वाचन हुन लागेको हो।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा मा‌ओवादी केन्द्र राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलहरूले निर्वाचनमा भाग लिन दल दर्ता गरेका छन्। उक्त निर्वाचन क्षेत्रमा रास्वपाका सभापति लामिछाने भारी मतान्तरका साथ गएको म‌ंसिरमा निर्वाचित भएका थिए। यहाँ नेपाली कांग्रेस दोस्रो तथा नेकपा एमाले तेस्रो भएको थियो।

प्रतिक्रिया दिनुहोस्