शैलुङ क्षेत्रका सडक कालोपत्र र टेलीफोन सुविधा व्यवस्था गर्न पहल गर्छु : सांसद चौलागाईं



काठमाडौं । बागमती प्रदेशसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य युवराज चौलागाईंले रामेछापको शैलुङ क्षेत्रको सडकलाई कालोपत्र गर्ने र टेलीफोन सुविधा व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् । उनले आज शैलुङ गुब्बामा आयोजना भएको कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले यस्तो प्रतिवद्धता जनाएको हो ।

शैलुङ क्षेत्र दोरम्बाको मात्र नभएर आसपासको गाउँपालिका र रामेछाप-दोलखाको पनि महत्वपूर्ण क्षेत्र भएको चौलागाईले बताए । यो क्षेत्रको विकास गर्न गाउँपालिकाका जनप्रतिनिधि, प्रदेश र संघीय जनप्रनिधिसहित गुरु योजना बनाउने उनले बताए । आफूले यो क्षेत्रको विकासका लागि विकास समिति बनाउन सरकारसँग पहल गर्ने समेत चौलागाईंले बताए ।

दोरम्बा शैलुङको यो क्षेत्रमा अहिले पनि राम्रो फोन सम्पर्क हुँदैन । पर्यटकीय हिसाबले यो क्षेत्र जिल्ला कै उत्कृष्ट गन्तव्य हो । यस क्षेत्रमा आवतजावत गर्न राम्रो भौतिक पूर्वाधारको व्यवस्था भए गाउँपालिकाका लागि राम्रो आर्थिक आम्दानीको क्षेत्र हो । चौलागाईं यहाँको प्राकृति सौन्र्दय प्रयोग गरे गाउँपालिका विकासका लागि खेल्नुपर्ने भूमिका आफ्नो तर्फबाट कुनै कसरबाँकी नराख्ने समेत बताए ।

३१४६ मिटर उचाईमा रहेको शैलुङ क्षेत्र राजधानी काठमाडौंबाट करिब १३० किमी पूर्व उत्तरमा अबस्थित छ । सांस्कृतिक र पर्यटकीय बिकासको अपार सम्भावना बोकेको यस क्षेत्रबाट नेपालका करिब ९५ प्रतिशत हिम श्रृंखलाको प्रत्यक्ष अबलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्