कैलालीमा एउटै रुखमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव फेला



कैलाली । कैलालीमा एउटै रुखमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव भेटिएको छ । कैलारी गाउँपालिका-७ बसन्ताको खरौला सामुदायिक वन क्षेत्रमा सोही ठाउँका ५८ वर्षीया गेदुराम दास र ४५ वर्षीया ललितादेवी चौधरीको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० कुलदिप चन्दले बुधबार साँझ ५ बजे उनीहरू दुवै जना सामुदायिक वनको एउटा रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको बताए ।

डीएसपी चन्दकाअनुसार उनीहरू दुवै जना छिमेकी हुन् । गाई गोरु चराउन गएका बालबालिकाहरूले दुवै जना रुखमा झुन्डिएको अवस्थामा देखेपछि स्थानीयलाई खबर गरेका थिए ।

महिला घरबाट जंगलमा बाख्रा चराउन गएकी थिइन् । शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्