आईसीसी यू-१९ एसिया छनोट : यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल



काठमाडौं । आईसीसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले यूएईविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । अजमानको इडन ग्रार्डेन ओभलमा नेपालले टस जितेर पहिले ब्याटिङको निर्णय लिएको हो । यूएईले नेपालविरुद्ध केही बेरमा बलिङ थाल्नेछ ।

लगातार चार खेलमा जित निकालेको नेपाल आजको खेलमा सहज जित निकाल्दै विश्वकपमा छनोट हुने योजनामा छ । समान चार खेल खेलेका नेपाल र यूएईको समान अङ्क छ ।

त्यसैले नेपाललाई आजको खेलमा जित आवश्यक छ । नेपाल र युएईबीचको खेलको विजेता टोली प्रतियोगिताको च्याम्पियन बन्दै २०२४ मा श्रीलङ्कामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्