धेरै दिए कांग्रेसलाई तर हेरेन कांग्रेसले



  • हरिविनोद अधिकारी

काठमाडौं । अहिले नेपालमा प्रजातान्त्रिक शासन प्रणाली छ र प्रजातन्त्र भनौँ या लोकतान्त्रिक शासन प्रणालीका लागि जगमा धेरै ढुङ्गा पुरिएर मात्र आजको अवस्थासम्म देश आएको हो। आजको सामाजिक अपेक्षा भनेको एउटा नमुनाको नेपाल बनोस्, जहाँ सबैले सामाजिक न्यायको प्रत्याभूति पाऊन् भन्ने नै हो।

सायद अचेल भनिने सर्वत्र निराशा देखिएको छ भन्ने कुराको पृष्ठभूमिमा प्रजातन्त्र पुनर्बहालीपछि पनि अपेक्षाअनुुसारको चौतर्फी विकास नभएको धारणा प्रतिबिम्बित हुन्छ। खासगरी नेपाली राजनीतिक इतिहासमा सबैभन्दा प्रजातान्त्रिक आन्दोलनमा लागेको दल भनेको नेपाली कांग्रेस हो र त्यसका प्रजातान्त्रिक योद्धाहरूका बारेमा सर्वत्र चिन्ता व्यक्त गर्न थालिएको छ किनभने त्यसको कतै अभिलेख राखिएको छैन ।

नेपालको प्रजातान्त्रिक सङ्घर्षको परिप्रेक्ष्यमा नेपाली कांग्रेसको भूमिका र योगदान भनेको त्यसका नेता तथा कार्यकर्ताहरूको त्याग र तपस्याका आधारमा मानक बनाइएको हो। नेपालको राजनीतिक इतिहासमा प्रजातन्त्र प्राप्तिका लागि नेपाली कांग्रेसको अग्रणी भूमिका रहेको छ। राणा शासनको अन्त्यदेखि लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्म नेपाली कांग्रेसको निरन्तर महत्वपूर्ण योगदान छ । नेपाली कांग्रेसको योगदान र समग्र भूमिकामा यसका पूर्णकालीन कार्यकर्ता, सक्रिय सदस्य र शुभचिन्तकको महत्वपूर्ण योगदान छ। तथापि, उक्त भूमिकामा निरन्तरको लगाव र योगदान भने हरेक व्यक्तिको फरकफरक हुन्छ ।

कतिपय व्यक्तिले आफ्नो जीवनभरको तन, मन, धन नै नेपाली कांग्रेसमा समर्पित गरेका छन् भने कतिपय व्यक्तिको योगदान खासखास बेलामा भएको पाइन्छ । त्यसमा पनि कतिपय व्यक्तिको योगदान दलको राजनीतिक योद्धाको रूपमा भएको हुन्छ। त्यसमा पनि नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा राणा शासनको अन्त्य र पञ्चायतको अन्त्यमा भएको योगदान अविस्मरणीय र उल्लेखनीय हुन्छ । आज हामी सम्पूर्ण नेपालीसँग लोकतान्त्रिक गणतन्त्रको नाममा जे जति उपलब्धि छ, त्यो सबै कुरा कुनै न कुनै रूपमा पञ्चायती व्यवस्थाको परिवर्तनमा लागेका नेपाली कांग्रेसका योद्धाहरूको निर्वाह गरेको भूमिकाको उपलब्धि हो भन्न सकिन्छ र हो पनि ।

यस सिलसिलामा आज यदि कुनै पनि राजनीतिक दलले लोकतन्त्रको सम्मान गर्दै लोकतान्त्रिक शासन व्यवस्था कायम गर्ने हो भने यस किसिमका योद्धालाई बेलाबेलामा सम्झिने र उहाँहरूले केका लागि र किन आफ्नो समग्र जीवन वा जीवनको महत्वपूर्ण समय प्रजातन्त्रको पक्षमा लाग्नका लागि माध्यमका रूपमा नेपाली कांग्रेससँग आवद्ध भएर देश र जनतालाई प्रदान गर्नुभएको थियो ?

उक्त योगदान गर्ने सिलसिलामा चाहेको परिवर्तन र परिवर्तनपछि नेपाल र नेपालीको जीवनमा अपेक्षा गरिएको परिवर्तन भएको छ कि छैन ? भनेर समीक्षा गर्नु आवश्यक हुन्छ। उक्त समीक्षाबाट के कति कुराको प्राप्तिका लागि आन्दोलन गरियो ? कस्तो खालको परिवर्तन भयो ? उक्त परिवर्तनमा के कति सोचेअनुसार परिवर्तन भयो ? के कति कुरा भएन ? किन भएन ? अझै पनि कसरी गर्न सकिन्छ ? भन्ने प्रश्न गर्नु अत्यावश्यक हुन्छ।

यस किसिमको प्रश्न गर्दा नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने र नेपालीको जीवनका समग्र पक्षमा उल्लेखनीय परिवर्तन ल्याई सभ्य र गुणस्तरीय जीवन बिताउन आवश्यक विकास गर्ने लक्ष्य पूरा भयो कि भएन ? सो लक्ष्यअनुसार काम गर्न सकियो कि सकिएन ? भन्ने थप प्रश्न जन्मिन्छन् ।

यसमा नेपाल र नेपालीका लागि के भयो वा भएन एउटा पाटो हो भने अर्को पाटोमा नेपाली कांग्रेसको जीवनमा राजनीतिक योद्धाको रूपमा योगदान गरेका पात्रहरू आज कहाँ छन् ? उनीहरूको अवस्था के छ ? बितेको ३० वर्षमा धेरै पटक नेपाली कांग्रेसको सरकार बनेको छ र समयक्रममा अब पनि बन्ला । उक्त समयमा नेपाली कांग्रेससँग आबद्ध भएर लोकतान्त्रिक व्यवस्थाका लागि लड्ने राजनीतिक योद्धाहरूलाई सम्झिने गरिएको छ कि छैन ? सम्झिएको छ भने को कसलाई कसरी सम्झिएको छ ? सम्झिने मात्र हो कि यथार्थ मूल्याङ्कन र कदर पनि गरिएको छ ?

यस्ता अनेक प्रश्नको उत्तर खोज्न नेपाली कांग्रेसलाई झकझकाउन तयार पारिएको हो । यी प्रश्न अब पनि नेपाली कांग्रेससँग जोडिएर राजनीतिमा योगदान गर्ने सबैले सधैँ गर्नैै पर्छ। अहिले त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन धेरै वर्षपछि हुन लागेको छ। कतिलाई थाहा पनि नहोला, त्रिविको पहिलो युनियनका अध्यक्ष नवराज सुवेद्य ि(रामेछाप) हुनुहुन्थ्यो, जसको कार्यसमितिमा दमननाथ ढुङ्गाना, कुसुम श्रेष्ठसमेत हुनुहुन्थ्यो। जनमतसङ्ग्रहपछि लगत्तै पाइएको स्वतन्त्रताको माहोलमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको सभापतिमा जित्ने हुनुहुन्थ्यो यज्ञप्रसाद अधिकारी (पर्वत) ।

बीपीले आफैँले तोकेर उम्मेदवार बनाइनुभएका विद्यार्थी नेता अधिकारीले नेपालका ७० प्रतिशत क्याम्पसहरूमा अनेरास्ववियुको ब्र्चस्व रहेका बेला पनि केन्द्रीय क्याम्पसमा जितेर देखाउनुभएको थियो र जनमतसङ्ग्रहका लागि बीपीले बोल्ने सभाहरूमा प्रखर व्क्ताको रूपमा अधिकारी जानुहुन्थ्यो। उहाँले प्रजातान्त्रिक सङ्घर्षको सिलसिलामा नेपाली कांग्रेसको जीवनसँग लामो समय सँगै रहेर प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका लागि विभिन्न किसिमले लड्ने नेपाली कांग्रेसका राजनीतिक योद्धापछि विश्व विद्यालयमा प्राध्यापनमा प्रवेश गरेर नेपाली कांग्रेसको विदेश नीतिका बरेमा विद्यावारिधि गर्नुभयो र प्राध्यापक जस्तो गरिमामय पदमा रहेर धेरैलाई विद्यावारिधि गर्न उत्प्रेरित गर्नुभएको थियो ।

नेपाली बौद्धिक फाँटमा निडर समीक्षक र राजनीतिक विज्ञानको आधिकारिक अध्येताका रूपमा देखिनुभएको थियो उहाँ । प्रा.डा. यज्ञप्रसाद अधिकारीको राजनीतिक जीवन र उहाँको नेपाली कांग्रेस र नेपाली राजनीतिमा रहेको योगदान तथा आज प्राध्यापक अधिकारीको अवस्थाबारे केही कुरा उठाउने र त्यससँग जोडिएर नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक राजनीतिक दललाई केही समसामयिक र सान्दर्भिक प्रश्न गर्ने सन्दर्भ तयार गर्नु र प्रश्न गर्नु पनि आज सामयिक हुनेछ किनभने त्यस्ता जगमा गाडिएका ढुङ्गाहरूको बलमा आज पनि नेपाली कांग्रेस प्रतिनिधिसभाको ठुलो दलका रूपमा देखिएको छ ।

प्रा.डा. अधिकारी नेविसङ्घ र नेपाली कांग्रेसको इतिहासमा सुपरिचित नाम हो । अधिकारी हालको गण्डकी प्रदेशको पर्वत जिल्लाको लुङ्खु देउरालीमा जन्मनुभएको हो । २०२४ सालमा श्री सरस्वती निमावि पर्वतको विद्यार्थी युनियनको सभापतिबाट राजनीतिक जीवन सुरु गर्नुभएका प्रा.डा. अधिकारीले २०२७ सालमा नेपाल विद्यार्थी सङ्घको स्थापनाकालदेखि नै क्रियाशील भई आफ्नो राजनीतिक भूमिका निर्वाह गर्नुभयो ।

नेविसङ्घमा गरेको महŒवपूर्ण र क्रियाशील राजनीतिक योगदानसँगै विद्यार्थीहरूबीचमा परिचित हुँदै २०३१ सालमा वीरेन्द्र बहुमुखी क्याम्पस, चितवनको स्वतन्त्र विद्यार्थी युनियनको सभापति भई विद्यार्थी हक हितको मुद्दालाई बलियोसँग उठाएर आफ्नो जिम्मेवारी बहन गरेको देखिन्छ । २०३३ सालमा बीपी कोइराला स्वदेश फर्किंदा उहाँको प्रजातान्त्रिक आन्दोलनको अभियानमा सक्रिय सहभागी भएसँगै केन्द्रीय कारागारमा १ वर्षको कारावास सजाय भोग्नुपरेको थियो ।

उक्त सिलसिलामा जेलबाटै प्रजातन्त्रमा थप सशक्त भएर २०३६ सालमा त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पसमा स्ववियुको सभापति भई भूमिका निर्वाह गर्दै जनमतसङ्ग्रहमा बहुदललाई जिताउन बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासँग नेपालभरका विभिन्न कार्यक्रममा संलग्न भई योगदान गर्नुभएको देखिन्छ । त्यससँगै २०४२ सालको सत्याग्रहका क्रममा भरतपुर र गौर जेलमा १ वर्षको कारावास बिताउनुपर्‍यो।

यस्ता राजनीतिक घटनाले अधिकारीलाई लोकतन्त्रको पक्षमा झनझन बलियो बनाउँदै खार्दै लगे । पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको स्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनमा क्रियाशील भई भूमिका निर्वाह गर्दा त्यस सिलसिलामा पनि वीरगन्जको कारावासमा बिताउनुपर्‍यो । सोही आन्दोलनको परिणाम स्वरूप २६ चैत २०४६ मा बहुदलीय प्रजातन्त्रको स्थापना भयो।

त्यसपछि अधिकारीले नेपाली कांग्रेसको केन्द्रीय प्रचार समितिको सदस्य, बौद्धिक एवं प्रशिक्षण विभागको सदस्य सचिव भई नेपाली कांग्रेसको संस्थागत सबलीकरण र विस्तारमा महŒवपूर्ण योगदान गरेको देखिन्छ । त्यति मात्र होइन, प्राध्यापन पेसामा हुँदाहुँदै पनि २०६२÷०६३ सालको जनआन्दोलनमा समेत विश्वविद्यालयका प्राध्यापक, कर्मचारी र विद्यार्थीको आन्दोलनमा सक्रिय सहभागी भई विभिन्न मोर्चाको नेतृत्वसमेत लिएर नेपालमा लोतान्त्रिक गणतन्त्र स्थापनामा आफ्नो पेसागत जीवनको उत्तराद्र्धसम्म पनि निरन्तर लागिरहेको नेपाली कांग्रेसको आमवृत्त र अन्य राजनीतिक दललाई पनि छर्लङ्ग छ।

नेपाली कांग्रेसको स्थापनादेखि यसको संस्थागत विकास, सैद्धान्तिक र व्यावहारिक पक्षको नीति र कार्यक्रम निर्माण एवं नेपाली कांग्रेसको सरकार बन्दा र देशमा दलीय निर्वाचन हुँदा धेरै महानुभावहरूको अत्यन्तै महŒवपूर्ण योगदान छ, जुन कुरा नेपाली कांग्रेसले सदैव याद गर्नुपर्छ । सधैँ सम्झिने मात्र होइन कि को कहाँ छन् ? के गरिरहेका छन् ? के अवस्थामा छन् ? योगदानको सही मूल्याङ्कन भएको छ कि छैन ? कसले अवसर पाएको छ ? को बञ्चित छ ? नेपाली कांग्रेसको साथ सहयोगको आवश्यकता पो छ कि ? भन्नेजस्ता अनेक महŒवपूर्ण प्रश्न गर्नुपर्छ ।

प्रजातन्त्र प्राप्तिको ३ दशक भइसक्यो, अब यस्ता धेरै प्रश्न गर्नुपर्ने बेला आएको छ । नेपाली कांग्रेसको सङ्घर्षको लामो इतिहाससँग जोडिएर नेपाली कांग्रेस, देश र जनताका लागि महत्वपूर्ण राजनीतिक योगदान गर्ने योद्धाको स्मरण, मूल्याङ्कन र व्यवस्थापनबाट मात्र नेपाली कांग्रेसको साङ्गठनिक सबलता, विस्तार र विश्वसनीयता हुन्छ भन्ने कुराको सबैले हेक्का राख्नुपर्छ। यस्ता व्यक्तित्वहरूको राजनीतिक योगदानको मूल्याङ्कन, कदर र सम्झना मात्रले पनि नेपाली कांग्रेसका राजनीतिक योद्धाहरूप्रति सम्मान गरेको ठहर्छ ।

प्रा.डा. यज्ञप्रसाद अधिकारीले नेपाली कांग्रेसको राजनीतिक आन्दोलनमा मात्र होइन कि यसको दार्शनिक, सैद्धान्तिक र व्यावहारिक पक्षको सबलता र समसामयिक सुधारका लागि प्रजातान्त्रिक समाजवाद, सामाजिक न्याय, स्थानीय शासन, विदेश नीतिलगायत महत्वपूर्ण विषयमा अध्ययन अनुसन्धान, लेखन र प्रकाशन गरी आमनेपालीसम्म पु¥याई बौद्धिक योगदान पनि गर्नुभएको छ । त्यति मात्र होइन, नेपाली कांग्रेसको विदेश नीतिमा विद्यावारिधिसमेत गरी बीपी कोइरालाको दार्शनिक, सैद्धान्तिक र व्यावहारिक मान्यताका आधारमा नेपाली कांग्रेसलाई सुदृढ लोकतान्त्रिक दल बनाउन वैदेशिक नीतिबारे काम गर्नुभएको छ।

नेपाली कांग्रेसको स्वदेशको लोकप्रियताका लागि देशका ५० वटाभन्दा बढी जिल्लामा पुगेर नेविसङ्घ र तरुण दलका नेता, कार्यकर्ताहरूलाई प्रशिक्षण दिई नेपाली कांग्रेसका खम्बा तयार गर्न पनि त्यतिकै योगदान गरेको देखिन्छ। नेपालमा बहुदलीय व्यवस्थाको स्थापनापछि विभिन्न समयमा भएका आमनिर्वाचन र स्थानीय निर्वाचनमा पनि जिल्ला र गाउँ तहमा पुगेर नेपाली कांग्रेस र प्रजातन्त्रबारे प्रवचन, प्रशिक्षण, गोष्ठी आदि गर्ने काममा क्रियाशील भई नेपाली कांग्रेसलाई आमजनतासँग पुर्‍याउने काममा पनि त्यतिकै भूमिका रह्यो उहाँको।

यज्ञ अधिकारी जस्ता यस्ता धेरै पात्रहरूको निरन्तरको इमान्दारीपूर्वक गरिएको लगानी र त्यागका कारण नेपाली कांग्रेस देशको मुख्य लोकतान्त्रिक दलको रूपमा जीवित छ, क्रियाशील छ, नेपालीको भरोसाको केन्द्र पनि बनेको छ। तर, यस किसिमको नेपाली कांग्रेसको दार्शनिक, सैद्धान्तिक एवं व्यावहारिक जीवनमा राजनीतिक योगदान गर्ने राजनीतिक योद्धा प्रा.डा. अधिकारी र त्यस्तै अन्य व्यक्तित्वहरू आज कहाँ छन् ? के गर्दै छन् ? के अवस्था छ ? भन्ने विषयमा नेपाली कांग्रेसका केन्द्र, जिल्ला र स्थानीय तहमा सङ्घसङ्गठनहरूलाई कुनै पत्तो छैन ।

यसले कतै नेपाली कांग्रेसमा विगतको नेपाली कांग्रेसको गौरवमय राजनीतिक इतिहासबारे अनभिज्ञ र थाहा भ्उ पनि यस्ता व्यक्तित्व नचिन्ने, थाहा नपाउने र थाहा पाए पनि वास्ता नगर्ने प्रवृत्ति हावी भएका पात्रहरूको कब्जा र बोलबाला त छैन ? भन्ने प्रश्न गर्नुपर्ने भएको छ। यो प्रश्न गर्नुपर्ने अवस्था नेपाली कांग्रेसका राजनीतिक योद्धा प्रा.डा. अधिकारीको विगत ५ वर्षदेखिको अवस्थाले पनि सिर्जना गरेको छ ।

प्रा.डा. अधिकारी पटकपटक ब्रेन स्ट्रोक भएर प्यारालाइसिसको अवस्थाबाट गुज्रिनुपरेको छ। पटकपटक काठमाडौंदेखि दिल्लीको न्युरो अस्पतालसम्म भर्ना हुनुपर्‍यो । अस्पतालको बेडमा महिनौँसम्म अचेत भई बिताउनुपर्‍यो । होस आएपछि पनि वर्षौंसम्म अरूकै सहारामा दिनहरू बिताउनुपरेको छ । अस्पतालमा नियमित फलोअप छ । त्यसैबीचमा कोरोना महामारी आयो । कोरोनाका कारण पनि पटकपटक अस्पताल भर्ना हुनुपर्‍यो । घरमा नियमित स्याहार र ध्यान पु¥याउनुपर्ने अवस्था छ । जीवनसाथी र परिवारका निकटस्थ सदस्य मात्र उहाँको साथ र सम्पर्कमा छन् ।

यस सिलसिलामा पनि आफ्ना परिवार, नजिकका आफन्त, इष्टमित्रले मात्र याद गर्नुपरिरहेको छ । नेपाली कांग्रेस, जसमा अधिकारीले आफ्नो जीवनको अधिकांश समय लगानी गर्नुभयो, न यस पार्टीका संस्थागत रूपमा केन्द्र, जिल्ला र स्थानीय तहले याद गरेका छन्, न त समकालीन र अन्य नेपाली कांग्रेसका शुभचिन्तकले बरु उल्टै अधिकारीले आफूले नेपाली कांग्रेसको गौरवमय इतिहासमा राजनीतिक योद्धाले खेलेको भूमिका सम्झिँदै नेपाल र नेपालीले नेपाली कांग्रेसबाट गरेको अपेक्षा पटकपटक सत्तामा पुग्दा पनि पूरा गर्न नसकेको आमनेपालीको गुनासो र प्रश्न गरिरहेको सन्दर्भमा नेपाली कांग्रेस बीपी कोइरालाले कल्पना गरेको नेपाल र नेपालीको हितमा काम गर्ने भरोसाको इमान्दार र आदर्श राजनीतिक दल बन्न सक्नुपर्छ भन्ने चाहनाका साथ त्यसका लागि शुभकामना दिइरहनुभएको छ ।

प्रजातान्त्रिक समाजवादको आफ्नो अभीष्ट पूरा गर्नका लागि अधिकारीले सधैँभरि सामाजिक न्यायको पक्षमा बोल्नुभयो, लेख्नुभयो, देशभर सामाजिक न्यायको पक्षमा बहस चलाउनुभयो । उहाँको धारणा अहिले पनि स्पष्ट छ, देशलाई बीपीको प्रजातान्त्रिक समाजवादको लक्ष्यमा पु¥याउनका लागि सामाजिक न्यायको पक्षमा वकालत गरौँ, सबैले समानताको पक्षमा व्यावहारिक रूपमा आफूलाई परिवर्तन गरौँ र हाम्रो जस्तो सुन्दर देशलाई विश्वको नमुना प्रजातन्त्रवादी देशको रूपमा विकास गरौँ।

आज त्यस्तो बौद्धिक र कर्मशील व्यक्तित्वको समाजमा कमी छ, नेपाली कांग्रेसमा कमी छ । त्यस्तो व्यक्तिको स्वास्थ्यमा आएको जटिलतामा देशले, नेपाली कांग्रेसले र बौद्धिक समुदायले ध्यान दिनु जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्