आज तराईमा होली पर्व मनाइँदै



काठमाडौं । फागुपूर्णिमा अर्थात होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइँदै छ। सोमबार हिमाली एवं पहाडी जिल्ला सो पर्व मनाइएको थियो।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रुपमा मनाउने प्रचलन रही आएको छ। तराईमा यो पर्व दुई दिनसम्म मनाइन्छ।

प्रतिक्रिया दिनुहोस्