महिला उपराष्ट्रपति हुँदा राम्रो हुन्छ : माओवादी महासचिव गुरुङ



काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले महिला उपराष्ट्रपति भएमा राम्रो हुने बताएका छन् । पुरुष राष्ट्रपति भइसकेपछि महिला उपराष्ट्रपति भएमा उत्तम हुने गुरुङको भनाई छ ।

‘संविधानतः राष्ट्रपति उपराष्ट्रपति लैंगिक वा समुदायको फरक हुनुपर्छ । हामीले अभ्यास गर्दा एउटा पुरुष भए अर्को महिला बनाइयो । यो खालका प्रयाक्टिस बसिसकेको छ’ गुरुङले भने, ‘नेपालको अवस्था स्थिति सबै कोणबाट हेर्दा महिला उपराष्ट्रपति भएमा उत्तम हुन्छ । त्यसैमा फरक समुदायको महिला भए अझ राम्रो हुन्थ्यो ।’

आफूले परामर्श दिँदा समेत फरक लिङ र समुदाय भएको व्यक्तिलाई उपराष्ट्रपति बनाउन आग्रह गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्