उपराष्ट्रपतिबारे निर्णय लिन एमाले सचिवालय बैठक बस्दै



काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ। आज बिहान साढे ९ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए।

उनका अनुसार बैठकमा समसामयिक राजनीतिक, उपराष्ट्रपति निर्वाचन विषयमा छलफल गरिनेछ। आजको बैठकले उपराष्ट्रपतिमा उम्मेदवारी दिने नदिने र दिने भए उम्मेदवार पनि तय गर्ने तयारी छ।

आज उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ। यता सत्ता गठबन्धन पनि उम्मेदवार तय गर्न छलफलमा जुट्दै छ।

प्रतिक्रिया दिनुहोस्