पार्टी नीति र नेतृत्वको नेता कार्यकर्ताबाट बचाउ भएन : प्रचण्ड



काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी नीति र नेतृत्वको नेता कार्यकर्ताबाट बचाउ नभएको गुनासो गरेका छन्।

मंगलबार पार्टी कार्यालयमा केन्द्रीय प्रशिक्षक प्रशिक्षणमा बोल्दै उनले जनयुद्ध दिवस मनाउने र सहिद घोषणा भएपनि प्रचार नभएको टिप्पणी गरेका हुन्।

‘वैचारिक स्पष्टता नहुनु ठूलो चुनौती भयो। पार्टी बलियो बनाउनेभन्दा पनि गुट बलियो बनाउने भयो। पार्टी सामूहिकतामा चलेन। अब जनयुद्धको विरासतले मात्रै चल्दैन’ उनले भने, ‘पार्टीलाई नयाँढंगले चलाउनु पर्छ। व्यवस्था ल्याउन जति पहल गरियो, अब कार्यान्वयन गर्दा नयाँ एजेण्डा लिएर जानुपर्छ।’

केन्द्रीय प्रशिक्षक प्रशिक्षण ५ दिन सञ्चालन हुनु राम्रो भएको भन्दै उनले देशैभर प्रशिक्षण भएमा पार्टी रूपान्तरण हुने बताए। उनले नेपाली संस्कृत अनुसारको पार्टी बनाउनु पर्ने बताए।

प्रतिक्रिया दिनुहोस्