उपेन्द्रलाई हराउने शिवचन्द्रको उद्घोष



काठमाडौँ । माओवादी केन्द्र छाडेर जनमत पार्टीमा प्रवेश गरेका शिवचन्द्र कुशवाहाले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई हाराएरै छाड्ने घोषणा गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा कुशवाहाले यस्तो घोषणा गरेका हुन् । यादव बारा-२ बाट उपनिर्वाचन लड्ने तयारी गरिरहेका छन् । यादवले आफू उपनिर्वाचन लड्नकै लागि रामसहाय यादवलाई उपराष्ट्रपति बनाएका थिए ।

माओवादी केन्द्रभित्र भएको अन्तर्घातको कारणले आफूले थोरै मतले गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा हार व्यहोरेको उनको भनाई थियो । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा बारा–२ मा माओवादीले आफ्नो पार्टीबाट उम्मेदवार नउठाएर जनता समाजवादी पार्टीका अध्यक्ष यादवलाई समर्थन गर्ने निर्णय गरेपछि आफू पार्टी परित्याग गर्न बाध्य भएको उनको स्पष्टोक्ति छ।

प्रतिक्रिया दिनुहोस्