नेपालबाट तयारी पोसाक निर्यातको अवस्था



  • डा. सुमनकुमार रेग्मी

काठमाडौं । तयारी पोसाकको उच्चतम निकासी भएका बेला ११ अर्ब रुपैयाँको निकासी भएको देखिन्छ। आर्थिक वर्ष २०७८/०७९ मा ४ अर्ब रुपैयाँभन्दा कमीको तयारी पोसाक निकासी भएको छ । दशकौँदेखि निकासी हुँदै आएको नेपाली तयारी पोसाक पनि आ.व. २०७५/०७६ मा पनि निकासी भएको छ।

आ.व. २०७५/०७६ मा २ अर्ब १६ करोड रुपैयाँ बराबरको तयारी पोसाक नेपालबाट निकासी भएको छ । तयारी पोसाकको उच्चतम बिन्दुमा आ.व. सन् २००२/००३ मा १२ अर्ब रुपैयाँको निकासी भएको थियो । तयारी पोसाकले कुनै वर्ष निकासी स्थानमा दोस्रो स्थान ओगटेको आ.व. २०७६/०७७ मा चौथो स्थान ओगटेको छ।

अमेरिका निकासी हुने पस्मिनाका सामानमा ड्युटी फ्रीको सुविधा छ तर अमेकिामा निर्यात गरिने ऊनीजन्य सामानको २० प्रतिशत मात्र पस्मिना निकासी भएको देखिन्छ। अरू ऊनीजन्य वस्तुमा अमेरिकाले नेपालको ऊनी वस्तुमा ड्युटी फ्री सुविधा दिएको छैन। त्यसर्थ यस्ता ऊनीका सामानमा अमेरिकाले १५ प्रतिशत भन्सार लगाएको छ।

यसका साथै अमेरिका निर्यात हुँदै आएको मुख्य वस्तुमा पर्ने तयारी पोसाक नै ड्युटी फ्रीको सुविधामा परेको देखिँदैन। तैपनि सन् २००२/००३ मा तयारी पोसाक नेपालको गलैँचा पछि दोस्रो ठुलो निकासी वस्तु थियो। तर, सन् २०१२/०१३ मा नेपालको तयारी पोसाक निकासी ३ दशमलव ८ अर्ब रुपैयाँमा सीमित हुन पुग्यो।

सन् २०१९/०२० मा नेपालको तयारी पोसाक निकासीको स्थान अघिल्ला महिनामा चौथो स्थान लिन पुगेको छ। तर, निकासी भने सन् २०१९/०२० मा २ अर्ब रुपैयाँ पनि नहोला जस्तो देखिन्छ ।

यसरी नेपालको तयारी पोसाकको उत्पादन तथा निकासी बिनायोजना विकास भएको देखिन्छ किनभने योजनाअनुसार चलेको भएको तयारी पोसाकको अवस्था यस्तो धराशायी हुँदैनथ्यो। तर, एसियाका अरू देशहरूले तयारी पोसाकमा ब्रान्ड भएकाले पश्चिमासँग प्रतिस्पर्धा गर्न योग्य भएका देखिन्छन् । कम्बोडियाले सन् २०१६ मा कपडाको निर्यातमा उल्लेखनीय वृद्धि गरेको थियो।

सन् २००० पछि नेपालको तयारी पोसाकको निकासी सुरुमा भारततिर र युरोपियन जीएसपी बढी उदार भएका कारण युरोपतिर मोडिन पुगेको छ। सन् २००४ पछि अन्तर्राष्ट्रिय बजारमा कोटा खारेजीपछि विश्व तयारी पोसाकको व्यवसाय खस्केको असर नेपालमा मात्र देखियो।

सन् २००५ देखि मल्टी फाइबर सम्झौता खारेज भई अन्तर्राष्ट्रिय कपडा व्यापार कोटारहित भएपछि थप नकारात्मक प्रभाव परेको थियो। कोटा खारेजीपछि बढी प्रभावित हुने देशको सूचीमा नेपाल पछि पर्छ ।

यसको मुख्य कारणमा नेपालको तयारी पोसाकको ३० वर्षको इतिहासमा तयारी पोसाकको गुणस्तर र यस क्षेत्रतर्फको आधार खडा गर्न नलागिएकाले यस्तो भएको हो। यस अवधिमा भारतले छपाइका कपडाका तयारी पोसाकको विकास, बंगलादेशले भित्री शरीरमा लगाइने तयारी पोसाकको विकास र श्रीलंकाले बाहिरी तयारी पोसाकको विकास गरी गुणस्तरीय तयारी पोसाकको स्थायित्व गर्न सफल भए।

सन् २००५ अघि नेपालको तयारी पोसाक निकासीमा पाइएको कोटा व्यवस्था खारेज भएपछि यसको निकासीमा आएको कमीका कारण सबै पक्षबीच समन्वयको खाँचो अद्यापि देखिएको छ। नेपालको तयारी पोसाकको अमेरिका निकासी निकै कमी भइसकेको छ।

त्यस समयमा नेपालको तयारी पोसाकको ७० प्रतिशत अमेरिका निकासी भएकामा सन् २०१२ सम्म आउँदा नेपालको तयारी पोसाकको ६० प्रतिशत युरोपीयन संघतर्फ मोडिएको छ भने अमेरिकातर्फ २० प्रतिशत र भारततर्फ २० प्रतिशत ह्स्सिा रहेको छ।

सन १९८५ ताक तयारी पोसाकको प्रमुख उत्पादक भारतसहित अरू देशहरूका तयारी पोसाकका लागत बढ्नुको कारण केही वर्ष नेपालको तयारी पोसाक उद्यमी/निकासीकर्ताका लागी स्थिति अनुकूल बनेको थियो। २०६४ सालसम्म पनि नेपाली तयारी पोसाकको मुख्य बजार अमेरिका र युरोप थियो। २०५८ सालमा ५० हजार जनालाई प्रत्यक्ष रोजगारी दिन सफल भएको तयारी पोसाक २०६९ सालसम्म आउँदा तयारी पोसाक उद्योगले जम्मा १० हजार जनालाई रोजगार दिने भई खस्कियो।

आ.व. २०६८/०६९ मा नेपालको तयारी पोसाक भारततर्फ करिब ३९ करोड रुपैयाँको निकासी भएको थियो। तर, यही साल समुद्रपार देशमा नेपाली पोसाक रु. चार अर्ब बराबरको निकासी भएको थियो। तर, आ.व. २०७५/०७६ मा आउँदा नेपाली तयारी पोसाक २ अर्ब रुपैयाँजतिको निकासी भयो जबकि आ.व. २०५८/०५९ तिर नेपाली तयारी पोसाक १८ अर्ब रुपैयाँको निकासी भएको देखिन्छ।

स्मरण छ, अमेरिकामा कोटा प्रणाली खारेज भएपछि गिरावट आउन थालेको तयारी पोसाकको निकासीमा अद्यापि सुधार आउन सकेको छैन। अमेरिकातर्फ तयारी पोसाकको निकासी घटेपछि नयाँ बजारको रूपमा युरोपेली संघका देशहरू, भारत र क्यानाडा देखिएका छन्। तयारी पोसाकको अमेरिका निकासी प्रबद्र्धन गर्न सरकारका तर्फबाट तयारी पोसाकको व्यापारसम्बन्धी द्विपक्षीय सम्झौता गर्ने सन्दर्भमा नेपालले अमेरिकासँग टिफा सम्झौता गरिसकेको छ।

कोटा खारेजीपछि पनि बंगलादेश, कम्बोडिया, भियतनाम, फिलिपिन्स र अरू देशका तयारी पोसाक अमेरिकामा बढेर गएको थियो। नेपालको तयारी पोसाक अमेरिकी बजारमा बढाउन गुणस्तर र आयातकर्तासँग तालमेल हुन आवश्यक छ। सरकारी संयन्त्रमा भएका तयारी पोसाक इकाइले तयारी पोसाक नीति बनाउन आवश्यक पहिलेदेखि नै थियो।

सन् २००४ पछि तयारी पोसाकलाई प्राथमिकता क्षेत्रमा राखी निकासी प्रबद्र्धन कार्यक्रम आवश्यक आवश्यक थियो । तयारी पोसाक उत्पादन तथा निकासीमा कमी आउन नदिन तयारी पोसाक निकासी प्रशोधन क्षेत्रको स्थापना आवश्यक थियो। सन् २००४ अघि नै निजी क्षेत्रका अनुसन्धान संस्था र सल्लाहाकार संस्थाले तयारी पोसाक जोगाउन के गर्नुपर्छ भन्नेबारे सरकारलाई पहिले नै पेस गरेका थिए।

सन् २००३, २००४, २००८, २०१० र २०१२ मा नेपाली टोली अमेरिकामा तयारी पोसाक लबिइङ तथा टिफा सम्झौता गर्न गएको थियो । टिफा त भयो तर हालसम्म पनि नेपालको टिफाबाट फलिफाप केही भएन । यो लबिइङ क्यारेबियाली र अफ्रिकी देशले तयारी पोसाकमा भन्सार सुविधा पाएजस्तै पाउनका लागि थियो । वास्तवमा यी भ्रमणमा त एसियाली अति कम विकसित राष्ट्रका तर्फबाट नेपालले माग गर्नुपर्ने थियो।

तयारी पोसाक निकासी सन् १९८५ पछि वैदेशिक मुद्रा आर्जनको प्रमुख स्रोतसमेत थियो तर सन् २००१ पछि यो अवस्था भएन । सन् २००१ पछि २००८÷००९ सम्म तयारी पोसाक निकासीमा गिरावट आइरहेको थियो तर २०१०÷०११ मा यसको निकासी ४ अर्ब रुपैयाँको भयो । यसको निकासी सबैभन्दा कम ३ अर्ब रुपैयाँजतिको भएको थियो।

सन् २०११ पछिको नयाँ ई.यू. जी.एस.पी.अन्तर्गत ई.बी.ए. व्यवस्थामा नेपालको तयारी पोसाकको निर्यात युरोपेली देशहरूमा बढेर गएको थियो तर आशा गरेजस्तो त्यसपछि हुन सकेन। नयाँ ई.यू. जी.एस.पी. सन् २०११ अघिको अति कम विकसित देशलाई दिई आएको ई.यू. डेरोगेसनभन्दा सरल भएकाले नेपालको तयारी पोसाक युरोपतिर बढेर गएको हो । सन् १९९७ देखि २०१० सम्म ई.यू. डेरोगेसन सुविधाले नेपालको तयारी पोसाक युरोपमा निर्यात भएको थियो।

२५–३० वर्षबीच विकास र निकासी हँुदै आएको तयारी पोसाक व्यवसायीहरूले आफ्नो व्यवसायका गिर्दो अवस्थाको स्थिति आएको धेरै वर्ष भइसकेको भए पनि यस क्षेत्रको स्थायित्व भने भएको छैन। तयारी पोसाक क्षेत्रको विकासका लागि केही न केही गर्न आवश्यक छ। विशेषतः तयारी पोसाकका लागि छुट्टै तयारी पोसाक मजदुर ऐन आवश्यक छ। सबै क्षेत्रबाट तयारी पोसाक उद्योगको विकासको प्रतिबद्धता आवश्यक छ । वर्तमान श्रम ऐनले तयारी पोसाकलाई राम्ररी ध्यान दिएको छैन।

बारम्बार मन्त्रीहरूको परिवर्तनले तयारी पोसाक क्षेत्रतर्फ नसोच्दा यस क्षेत्रतर्फ असर पर्न गयो। किन कुनै मन्त्रीले मजदुुुरका समस्या पहिलेदेखि नै सुनेनन् ? तसर्थ, बन्द भएका तयारी पोसाकका उत्पादन कारखाना खुला गर्ने वातावरण आवश्यक छ। पटकपटक तयारी पोसाक प्रबद्र्धन गर्न नेपाली टोली अमेरिका गएर तयारी पोसाकको अमेरिका निकासी कतिको प्रबद्र्धन भयो ? त्यो त जानेलाई सोध्नुपर्ने देखिन्छ।

भन्साररहित तयारी पोसाक प्रवेशसम्बन्धी व्यापार विधेयक अमेरिकी सिनेटमा पेस भएको थियो। त्यसपछि सिनेटमा पेस भए पनि नेपालको तयारी पोसाकले पहिलेजस्तै गति लिन सकेन।

नेपालले भन्साररहित सुविधा प्राप्त गरेको भए अमेरिकामा गुमेको बजार हिस्सा केही भए पनि प्राप्त गर्न सकिन्थ्यो । सन् २००२ मा अमेरिकी सिनेटमा पेस भएको विधेयक नेपालको प्रयास भए पनि तुहियो । सो विधेयक नेपालसहित अरू अल्पविकसित देशहरूका लागि माग गरी त्यसलाई नियमित गर्नुपथ्र्यो ।

नेपालको दक्षिण एसियाली देशहरूमा सबैभन्दा कम प्रतिव्यक्ति आय र गरिबी निवारणका लागि सो विधेयकमा पुनः आवाज उठाउन जरुरी छ। अमेरीकी सरकारले यस्तो सुविधा सब/सहारा, अफ्रिका तथा क्यारेबियाली देशलाई समेत दिएको र सुविधासँगै ती देशहरूका निकासी पहिलेदेखि नै बढेको थियो ।

तयारी पोसाक उद्योगको विकासका लागि सरकारको सहयोगसमेत अद्यापि आवश्यक छ। नेपालको परिवर्तित सन्दर्भसँगै अमेरिकालगायत अरू देशहरूमा तयारी पोसाक निर्यातका लागि कूटनीतिक पहल थाल्नुपर्ने देखिन्छ। केही वर्ष अगाडि नेपालको तयारी पोसाक भारतमा निकासी सुरु भए पनि दिगो हुन सकेन। यसमा भारतीय भन्सार नै अवरोध भएर भारतमा नेपालको तयारी पोसाक निकासीको स्थायित्व रहन सकेन । भारतमा नेपाली तयारी पोसाक निकासी बढाउन सबै पक्षबाट आवश्यक कदम चालिनुपथ्र्यो ।

सन २०१० पछि युरोपीयन संघका देशहरूमो साना देशमा आफ्ना उत्पादन नभएका कपडाबाट तयारी पोसाक बनाएर एक प्रशोधन प्रक्रियामार्फत अतिविकसित देशहरूका तयारी पोसाक संघका देशमा निकासी गर्ने व्यवस्था युरोपेली संघका सामान्य ग्राह्यता प्रणालीले ई.बी.ए.अन्तर्गत गरेपछि नेपालको तयारी पोसाक युरोपेली संघका देशहरूतर्फ मोडिएको छ।

नेपालको तयारी पोसाक प्रबद्र्धनमा नेपालले पहिलेदेखि नै केही विशेष पहिचान गरेर नेपाली तयारी पोसाक भनेर पहिचान गर्न सकेको भए आज यस क्षेत्रको अवस्था यस्तो हुँदैनथ्यो। राजनीतिक स्थायित्व, द्वन्द्वको स्थायी अन्त्य र श्रम मुद्दाहरू समाधान हुँदै जाने हो भने नेपाली तयारी पोसाक उद्योग पहिलेको स्थितिमा फर्कने आशा गर्न सकिन्छ।

अमेरिकाले नेपालको प्रमुख प्रतिस्पर्धी सहारा उपक्षेत्रीय अफ्रिकी तथा क्यारेबियाली देशहरूलाई भन्सार र कोटारहित बजार सुविधा दिएपछि नेपालको तयारी पोसाकको अमेरिकी बजार खस्केको हो।

अफ्रिकी र क्यारेबियाली तयारी पोसाक उद्योगलाई अमेरिकाले उपलब्ध गराएको कोटा एवं शुल्करहितका गन्तव्य, ड्युटी फ्रि पहुँच नेपालका लागि चुनौती एवं कठिन बन्न पुगेको छ। नेपालका तर्फबाट यस्तो अवसरको माग एवं खोजीको आवश्यकता अझै छ । यसर्थ, २०७९/०८० सम्म आँउदा तयारी पोसाकलाई निर्यातयोग्य सूचीमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्