परामर्श संयन्त्रको बैठकमा भाग लिन परराष्ट्र सचिव चीन जाने



काठमाडौं । नेपाल र चीनको परराष्ट्र मन्त्रालयबीचको द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको बैठकमा भाग लिन परराष्ट्र सचिव भरतराज पौड्याल चीन जाने भएका छन्।

संयन्त्रको १५ औँ बैठक चैत २४ गते बेइजिङमा हुँदैछ। बैठकमा नेपालको तर्फबाट परराष्ट्र सचिव पौड्याल र चीनको विदेश मन्त्रालयका उपमन्त्री सुन वेइडोङले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्