वार्षिक बजेट कार्यान्वयन क्यालेन्डर बनाउन माओवादी सांसद माधव सापकोटा प्रस्ताव 



माधव सापकोटा सुवोध

काठमाडौं । आज बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा वार्षिक बजेट कार्यान्वयन क्यालेन्डर बनाउने प्रस्ताव गरिएको छ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुवोधले उक्त प्रस्ताव गरेका हुन् । 

आर्थिक वर्षको अन्तिममा मात्रै बजेट खर्च हुने प्रबृतिको अन्त्यका लागि वार्षिक बजेट क्यालेन्डर बनाएर लागू गर्न सकिने भन्दै उनले उक्त प्रस्ताव गरेका हुन् । 

बैठकमा बोल्दै उनले भने , ‘बार्षिक बजेट क्यालेन्डर बनाइ प्रत्येक महिना निश्चित बजेट खर्च गर्न र सोही अनुरूप सम्बन्घित निकायको कार्यसम्पादन मल्याङ्कन गरेर बजेट व्यवस्थापनको कमजोरी हटाउन सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु ।’  

चालु आर्थिक वर्ष सकिन तीन महिना बाँकी रहँदा २५.८८ प्रतिशत मात्रै पुँजीगत खर्च भएको र  औसत ६० प्रतिशत बजेट अन्तिम समयमा हुने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्