चितवन, बारा र तनहुँमा भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने



काठमाडौं । आगामी १० बैशाखमा उपनिर्वाचन हुन लागेका विभिन्न जिल्लाहरुमा भोलिदेखि  आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगले चितवन, बारा र तनहुँमा मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारी, स्थानीय कार्यपालिकाका सदस्यलगायतका लागि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।

चितवन- २, बारा-२ र तनहुँ- १ मा १० वैशाखमा  उप चुनाव हुन लागेको हो । तनहुँ -१ बाट नेपाली कांग्रेबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति तथा बारा -२ मा जनता समाजवादी पार्टी जसपाका तर्फबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि ती क्षेत्रमा उपनिर्वाचन  हुन लागेको हो । 

प्रतिक्रिया दिनुहोस्