सेनाको साइबर स्पेसमा हमला गरेको आरोपमा एक युवक पक्राउ 



काठमाडौं । नेपाली सेनाको साइबर स्पेशमा अनधिकृत पहुँच पुर्‍याएर हमला गरेको आरोपमा एक जना पक्राउ  परेका छन । प्रहरीको साइबर ब्युरोले स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १० घर भई पोखराको बाटुलेचौरमा डेरा गरी बस्दै आएका २१ वर्षीय सागर ढकाललाई पक्राउ गरेको हो।

उनलाई बिहीबार पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौरबाट  पक्राउ गरेको हो ।  पक्राउ परेका उनीमाथि  विद्युतीय कारोबार ऐन २०६३ को अपराधअन्तर्गत कसुरमा मुद्दा चलाइएको छ ।  पक्राउ परेका ढकालविरूद्ध काठमाडौं जिल्ला अदालतबाट शुक्रबार ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्