एमाले सचिव लेखराज भट्टको घरमा पुगे प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमाले सचिव लेखराज भट्टको घरमा पुगेका छन्। सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन धनगढी पुगेका प्रधानमन्त्री प्रचण्ड एमाले सचिव भट्टलाई भेट्न उनकै घरमा पुगेका हुन्।

माओवादीबाट एमाले प्रवेश गरेका भट्टलाई पहिलोपटक प्रचण्डले घरमै पुगेर भेटेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए। झण्डै एक वर्षअघि प्रचण्ड र लेखराजबीच भेट हुँदा बोलचाल समेत भएको थिएन। त्योबेला धनगढीमा भेट हुँदा औपचारिक नमस्कार वा अभिवादन समेत नगरी उनीहरु चुपचाप बसेका थिए।

नेकपा माओवादीमा हुँदा प्रचण्ड र भट्ट एउटै पार्टीमा रहेर राजनीति गरेका थिए। तत्कालीन जनयुद्धमा भट्ट प्रचण्डसँग अत्यन्तै निकट नेताका रुपमा चिनिन्थे। नेकपा विभाजनपछि एमाले प्रवेश गरेका भट्टसँग प्रचण्ड निक्कै चिढिएका थिए। भट्ट एमाले प्रवेश गरेपछि पहिलोपटक दुई नेताबीच औपचारिक भेटघाट भएको हो। प्रचण्ड भट्टकै निवासमा पुगेर भेटेको विषयलाई अर्थपूर्ण रुपमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस्