लेखराज भट्टको घरमा पुगेर प्रचण्डले भने- यो घर मेरो पनि हो



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगडीको गेटास्थित पूर्वमन्त्री लेखराज भट्टको निवासमा पुगेका छन्। आइतबार बिहान प्रधानमन्त्री प्रचण्ड भट्टको घरमा पुगेका हुन्। केहीबेर भट्ट निवसमा बिताएका प्रधानमन्त्री प्रचण्डले भट्टको घरसँग ४० वर्षदेखिको सम्बन्ध रहेको बताए।

उनले भने, ‘यो घरसँग मेरो ४० वर्षदेखि सम्बन्ध छ। यहाँमाथि एउटा म बस्ने कोठा छ,जहाँ मैले खाने बस्ने गर्थेँ। त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हो।’

उनले भट्सँग राजनीतिक विषयमा पनि छलफल भएको बताए। ‘लेखराजजी राजनीतिक व्यक्तित्व भएकोले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नै भै हाल्यो’ प्रधानमन्त्रीले भने। नेकपा माओवादीमा हुँदा प्रचण्ड र भट्ट एउटै पार्टीमा रहेर राजनीति गरेका थिए।

तत्कालीन जनयुद्धमा भट्ट प्रचण्डसँग अत्यन्तै निकट नेताका रुपमा चिनिन्थे। नेकपा विभाजनपछि एमाले प्रवेश गरेका भट्टसँग प्रचण्ड निक्कै चिढिएका थिए। भट्ट एमाले प्रवेश गरेपछि पहिलोपटक दुई नेताबीच औपचारिक भेटघाट भएको हो।

प्रतिक्रिया दिनुहोस्