रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईँसँग २ करोड मागेको अडियो सार्वजनिक



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईँसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ ।

आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै श्रेष्ठले रकम मागेको अडियो सार्वजनिक भएको छ । अडियो सार्वजनिक भएपछि सांसद श्रेष्ठलाई निलम्बन गरेर पार्टीले छानबिनको तयारी थालेको जनाइएको छ।  

उनले अडियोमा रास्वपा  पार्टीमा रविलाई सुरुवाती सहयोग गर्ने  २/४ जना रहेको बताएका छन् ।  त्यही टिमले उनलाई  पैसा जम्मा गर्न भनेको  अडियोमा प्रस्ट सुन्न सकिन्छ । उनले उनिहरुले साढे  दुई लाख मागेका तर आफूले १ दिए पनि मान्ने वा चेक दिए पनि मान्ने भनेको छन्  । फोनमा  दुर्गा प्रसाईँले  त्यो पैसा रविलाइनै बुझाउने होला नी भनेर प्रश्न समेत गरेका छन् । जवाफमा श्रेष्ठले  बाहिरको एक दुई जनालाई  दिनु पर्ने रविलाई नै दिनु नपर्ने तर पार्टीमा नै जान्छ भनेका अडियोमा स्पष्ट सुनिन्छ । फोनमा दुर्गा प्रसाईँ पनि दुई करोड रुपैयाँ दिने ग्यारेन्टी गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्