दुर्गा प्रसाईँलाई चिन्दिनँ, अडियोको आवाज मेरो होइन : ढाकाकुमार श्रेष्ठ



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग २ करोड रुपैयाँको डिल गरेको आरोप राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले  सार्वजनिक भएको अडियो रेर्कड आफ्नो नभएको बताएका छन् । अडियो सार्वजनिक भएपछी पार्टीलाई श्रेष्ठले अनौपचारिक रुपमा आफ्नो स्पष्टीकरण दिएका हुन् ।

 पार्टीको म्यासेन्जर ग्रुपमा सन्देश लेख्दै  उनले आफू नभएको जिकिर गरेका छन् । उनले लेखेका छन्  ‘म दुर्गा प्रसाईँलाई चिन्दिनँ, कहिल्यै उहाँसँग पैसा मागेको छैन। ‘अडियो सुन्दा श्रेष्ठको जस्तै रहेको रास्वपाकै पार्टीका नेताहरूको जिकिर रहेको छ । 

प्रतिक्रिया दिनुहोस्