राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ एक साताका निलम्बित 



काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ  मागेको अडियाे सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ कारबाहीमा परेका छन् । 

सभापति रवि लामिछानेले श्रेष्ठलाई एक साताका लागि निलम्बनको पत्र थमाउन निर्देशन दिइसकेका छन् । त्यसअनुसार आजै निलम्बन गरेर उनीमाथि छानबिन हुने भएको हो । रास्वपाले पार्टीको अनुशासन समितिलाई यसबारे छानविन गर्न जिम्मा दिनेछ ।

रास्वपाले यदि अडियो उनकै भएको प्रमाणित भए समानुपातिक सांसदबाट हटाएर उनको स्थानमा अर्को उम्मेदवारलाई सांसद  बनाउने सक्ने जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्