नेप्सेमा भारी गिरावट 



काठमाडौं । लगातार ओरालो लागी रहेको सेयर बजार परिसुचक नेप्से आज पनि भारी अंकले ओरालो लागेको छ ।  सेयर बजार परिसुचक नेप्से आज कारोबारको पहिलो दिन २६.३१ अंकले ओरालो लागेको हो । आज बजार ओरालो लागेसँगै १८३८.४८ विन्दुमा पुगेको छ ।

आज बजार ओरालो लागी रहँदा ११५ करोड बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका विभिन्न २०१ कम्पनीकाे सेयर मूल्य ओरालो लागेको छ । भने कारोबारमा आएका १५ कम्पनीको सेयर मूल्य उकालो लागेको छ । आज  सबै भन्दा धेरै कमाउनेमा कालिन्चोक  दर्शन लिमिटेड , सानिमा ग्रोथ फन्ड र  ग्लोबल आइएमई  लघुवित्त रहेको छ । 

 आज सबै भन्दै धेरै गुमाउनेमा नबिल बैक लिमिटेड , सिभम् सिमेन्ट लिमिटेड  र हिमालय डिस्टिलरी लिमिटेड  रहेको छ । कारोबार रकमका आधारमा यस दिन नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ५ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन शिवम् सिमेन्टको पनि ५ करोड ७८ लाख रुपैयाँ बराबरकै शेयर कारोबार भएको छ।

आइतबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.३५ प्रतिशत घटेको छ। त्यस्तै, बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रतिक्रिया दिनुहोस्