रास्वपाले माग्यो सांसद श्रेष्ठसँग २४ घण्टे स्पष्टीकरण



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद डा.ढाकाकुमार श्रेष्ठलाई २४ घण्टाभित्र स्पष्टीकरण सोधेको छ । स्वास्थ्यमन्त्री हुन सभापति रवि लामिछानेको टिमले २ करोड रुपैयाँ माग गरेको भन्दै स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंसँग रकम माग गरेको टेलिफोन संवाद सार्वजनीक भएपछि पार्टीले उनलाई २४ घण्टे स्पष्ठीकरण पेश गर्न भनेको हो ।

उनलाई पार्टीको अनुशासन तथा आचरण समितिमा २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन भनिएको रास्वपाका महामन्त्री डा.मुकुल ढकालले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।श्रेष्ठमाथि छानबिन गरी प्रतिवेदन पेश गर्न अनुशासन तथा आचरण समितिलाई निर्देशन समेत लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्