गैरकानुनी रुपमा डेढ करोड रुपैयाँ आम्दानी गरेको भन्दै पुर्व प्रमुख प्रशासकीय अधिकृत विरुद्ध मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको ईशनाथ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ता विरुद्ध गैकानुनी रपमा पैसा आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उनले आर्जन गरेको १ करोड ४९ लाख ९७ हजार ८६४ रुपैयाँ को स्रोत नखुलेको हो । उनि विरुद्ध सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरी साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा १ बमोजिमको कसूर गरेको पुष्टि हुन आएको अख्तियारको बताएको छ ।

अख्तियारले १ करोड ४९ लाख ९७ हजार ८६४ रुपैयाँ बराबरको बिगो कायम गरी कानूनबमोजिम गुप्ता तथा उनकी श्रीमती उषा गुप्ताको नाममा हाल कायम सम्पत्ति बाट जफत गर्न पाउँ भन्ने माग दाबी गरेको छ । उजुरी परेपछि अख्तियारले उनीमाथि छानबिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्