उच्च अदालत पाटनद्वारा तनहुँ-१ कि राप्रपा उम्मेदवार चेक बाउन्समा दोषी ठहर



काठमाडौं । उच्च अदालत पाटनले तनहुँ- १ को उपनिर्वाचनमा राप्रपाकी उम्मेदवार शोभा गुरुङ चेक अनादरको मुद्दामा दोषी ठहर गरेको छ । उच्च अदालत पाटनले आइतबार गुरुङलाई खातामा पर्याप्त रकम नभई चेक काटेको मुद्दामा  दोषी ठहर गर्दै ३ दिन कैद सजाय सुनाएको हो ।

न्यायाधीशहरू ऋषिराम दवाडी र राजेन्द्र खरेलको इजलासले उनलाई दोषी  ठहर गर्दै १० लाख क्षतिपुर्ती भर्न आदेश गरेको छ । ४० हजार रुपैयाँ क्षतिपूर्ति कोषमा तिराउने समेत आदेश गरिएको छ । यो फैसला विरुद्ध गुरुङले सर्वोच्च अदालतमा पुनरावेदन दिन पाउँछिन्

कुनै मुद्दा अन्तिम अदालतबाट फैसला नभएसम्म व्यक्ति दोषी ठहर भएकै आधारमा उम्मेदवारीबाट वञ्चित नहुने व्यवस्था रहेको छ । 

प्रतिक्रिया दिनुहोस्