ठगी गरेको आरोपमा नक्कली वकिल पक्राउ 



काठमाडौं । नक्कली वकिल बनेर ठगी गरेको आरोपमा जनालाई पक्राउ गरिएको छ । आफूलाई कानुन व्यवसायी हुँ भनेर बैंकिङ कसुर मुद्दामा थुनामा रहेका मानिस छुटाइदिन्छु भनेर ३१ लाख रुपैयाँ ठगी गरेको आरोपमा जाजरकोटका ४९ वर्षका मानबहादुर सिंह पक्राउ परेका हुन् । 

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले  पक्राउ गरेको हो । उनले अरुकै नामको कानुन व्यवसायीको लाइसेन्स र सवारी चालक अनुमतिपत्र प्रयोगमा ल्याएको पाइएको जिल्ला प्रहरीले जनाएको छ । उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट अनुमति समेत दिइसकेको छ । उनले भरतबिक्रम सिंह, भक्तबहादुर सिंह र भरतबहादुर सिंह नाम प्रयोगमा ल्याउने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्