प्रचण्ड सरकारमा शेखर समूहलाई तीन मन्त्री र एक राज्यमन्त्री



काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। बिहीबार बिहान बसेको शेखर समूहको बैठकमा नेता कोइरालाले आफ्नो समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने जानकारी गराएका हुन्।

सोही क्रममा उनले उपनिर्वाचनपछि मात्रै सरकारमा सहभागी हुने बताए। यसअघि शेखर समूहले पार्टीको भागमा परेका ८ मन्त्रालयमध्ये ३ मन्त्रालय आफ्नो समूहले पाउनु पर्ने अडान राख्दै आएको थियो। तर, सभापति शेरबहादुर देउवा अनिच्छुक देखिएका थिए।

पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड थप एक मन्त्रालय कांग्रेसलाई दिन सहमत भएपछि देउवा पनि इतर समूहलाई तीन मन्त्रालय दिन तयार भएका एक नेताको भनाइ छ।

कांग्रेसबाट यसअघि उपसभापति पूर्णबहादुर खड्का (उपप्रधानसहित रक्षा), प्रकाशशरण महत (अर्थ), रमेश रिजाल (उद्योग) र सीता गुरुङ (सहरी विकास) मन्त्री बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्