ब्यागेज ह्याण्डलिङ गर्ने नेपाल एयरलाइन्सका कर्मचारीलाई गोजीरहितकाे पोसाक



काठमाडौं ।  ब्यागेज ह्याण्डलिङमा खटिने नेपाल एयरलाइन्सका कर्मचारीहरूले गोजीसहितको पोसाक पाएका छन् । नेपाल वायुसेवा निगमले बिहीबार यसबारे जानकारी गराउँदै यात्रुको चेक्ड ब्यागेज फुट्ने र चोरी हुने घटनाबारे यात्रुका गुनासा बढेसँगै ब्यागेज ह्याण्डलिङ सेवा सुधारमाका लागि यस्तो व्यवस्था गरेको जनाएको छ ।

निगमका अनुसार अब ब्यागेज ओसार–पसार गर्ने ट्रलीमा बार र चेन लगाइएको छ । वर्षाको पानीले ब्यागेज भिज्नबाट बचाउन ब्यागेज ट्रलीमा छाना समेत लगाइएको छ । साथै ब्यागेजको सुरक्षाका लागि अलग्गै सुरक्षाकर्मी पनि खटाइने भएको छ ।

ब्यागेज सम्बन्धी गुनासो सुनुवाइका लागि विमानस्थलस्थित ब्यागेज ह्याण्डलिङ युनिटलाई २४ घण्टा क्रियाशील गराइएको छ । सुरक्षाका लागि  सिसिटिभीको निगरानीलाई पनि बढाइएको छ । निगमले यस्ता घटना भएमा अन्तर्राष्ट्रिय नियमानुसार उचित क्षतिपूर्ति दिने  पनि बताएको छ ।

प्रतिक्रिया दिनुहोस्